८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

स्वर्ण विजेता तिमल्सिनालाई सम्मान

नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ।

सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमनलाई वादोरियो कराते संघको तेस्रो केन्द्रीय महाधिवेशनको उद्घाटनका अवसरमा सम्मान गरिएको हो। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सुमनलाई प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे।

सोही अवसरमा श्रीलंकामा भएको तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली (स्वर्ण), सम्यम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित भए।

१९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन करातेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कांस्य विजेता वैष्णवी शर्मालाई पनि सम्मान गरियो।

त्यस्तै भारतमा भएको प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनीष रोका मगर तथा कांस्य विजेता युगन बस्याल र विसन थापा मगर पनि सम्मानित भए।

प्रकाशित: २९ असार २०८० ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App