५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

जिम्बाब्वेको स्वागत

विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध हटाएसँगै जिम्बाब्वेले मंगलबार सो कदमको स्वागत गरेको छ। साथै जिम्बाब्वे फुटबल संघ (जेडआइएफए) ले सन् २०२६ को विश्वकपमा छनोट हुने आशा पनि जागेको बताएको छ।

सरकारी हस्तक्षेप भएको भन्दै फिफाले २०२२ फेब्रुअरीमा जिम्बाब्वे फुटबल संघमाथि प्रतिबन्ध लगाएको थियो। फिफाले सोमबार फिफामाथिको प्रतिबन्ध हटाएको थियो। बुधबार फिफा विश्वकप २०२६ को अफ्रिकन छनोटको तालिका सार्वजनिक हुँदै छ।

सो तालिका सार्वजनिक हुनुभन्दा दुई दिनअघि फिफाले जिम्बाब्वेमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छ।

जिम्बाब्वेकी युवा तथा खेलकुदमन्त्री क्रिस्टी कोभेन्ट्रीले फिफाको १८ महिनाको प्रतिबन्ध हटेसँगै आफ्नो देशमा फुटबलको माहोल पुनः सुचारु हुने र त्यसले युवाहरूलाई उत्साही बनाउने विश्वास व्यक्त गरेकी छिन्। 

प्रकाशित: २७ असार २०८० ०२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App