६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

मच्छिन्द्रको प्रतिद्वन्द्वी भुटानी क्लब

फाइल तस्वीर

सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको पहिलो खेलमा भुटानको पारो एफसीविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।

बुधबार एसियाली फुटबल महासंघ (एएफसी) जारी गरेको तालिकाअनुसार मच्छिन्द्रले एएफसी कपमा पहिलो चरणमा भुटानी टोली प्रतिद्वन्द्वी पाएको हो। मच्छिन्द्र र पारोबीचको खेल आगामी अगस्ट ८ मा हुनेछ। खेल्ने क्लबहरूको तय भए पनि एएफसीले खेलस्थलका बारेमा टुङ्गो लगाएको छैन।

नेपाली सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइज भए पनि क्लब लाइसेन्स नपाएका कारण उपविजेता मच्छिन्द्रले एएफसी कपमा अवसर पाएको हो। यस सिजन मछिन्द्रसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ फुटबल क्लबले लाइसेन्स पाएका थिए। यसअघि मच्छिन्द्रले श्रीलंकाको ब्लु स्टारविरुद्ध प्रतिस्पर्धा गरेको थियो। 

प्रकाशित: ७ असार २०८० ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App