६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

पोखरा महानगर वडास्तरीय फुटबल: उपाधिका लागि वडा नं १४ र १५ भिड्ने

वडा नं १५ का खेलाडी श्रृजन रन्जित म्यान अफ दि म्याच ट्रफी लिदैं। तस्बिर नागरिक

पोखरा महानगरपालिका–१५ महानगर वडास्तरीय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा वडा नं १५ ले वडा नं ३० लाई २–१ गाेल अन्तरले पराजित गर्दै उपाधि निकट पुगेको हो।  

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको सेमिफाईनलमा वडा नं १५ को लागि विशाल गुरुङ र श्रृजन रन्जितले गोल गरेपछि फाइनल पुग्न पर्याप्त रह्यो। पहिलो हाफको इन्जुरी समयमा कप्तान विशाल गुरुङले गोल गर्दै वडा नं १५ लाई अग्रता दिलाए। विशालले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दिलाए। दोस्रो गोल रन्जितले ७२ औं मिनेट गर्दै खेल जिताए। वडा नं ३० का लागि सागर गौतमले ४१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। खेलमा वडा नं १५ का रन्जित म्यान अफ दि म्याच घोषित भए।  

त्यसैगरी दोस्रो सेमिफाईनल खेलमा वडा नं १४ ले वडा नं २७ लाई ४–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। आशिष कार्कीले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। उनकै व्यक्तिगत दोस्रो गोल २६ औं मिनेटमा गरे। नारायण गुरुङले ३९ औं र ४२ औं मिनेटमा गोल गरेका थिए। खेल एकपक्षीय देखियो । खेलमा आशिष कार्की म्यान अफ दि म्याच घोषित भए।  

उपाधिको लागि पोखरा वडा नं १४ र वडा नं १५ बीच हुने छ। विजेता वडाले नगद १ लाख ५० हजार राशि प्राप्त गर्ने छ। उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार प्राप्त गर्ने छन्। त्यस्तै उत्कृष्ट विधाका पाँच जनाले नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक पोखरा महानगर खेलकुद विकास समितिले जनाएको छ।  

प्रकाशित: १० जेष्ठ २०८० ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App