शहिद स्मारक ए डिभिजन लिग फुटबलमा शसस्त्र प्रहरी बल एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा एपीएफले आर्मीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्यो।एपिएफको जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले १/१ गोल गरे।
लिगको पहिलो चरणमा पनि आर्मी एपिएफसँग १-० ले पराजित भएको थियो।जितसँगै एपिएफ आर्मीलाई उछिन्दै छैंटौ स्थानमा उक्लेको छ।एपिएफले १६ खेलबाट २२ अंक बनाएको छ। पराजित आर्मी एक स्थान तल झर्दै सातौं स्थानमा छ।आर्मीको १६ खेलमा २१ अंक छ ।
प्रकाशित: २७ वैशाख २०८० १३:२९ बुधबार