१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कतार विरुद्ध सन्दीपको अलराउन्ड प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपालका स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी प्रिमियर कपमा कतारलाई ६८ रनले सजिलै हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । यो जित संगै समूह ए मा नेपाले अपराजित हुँदै समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

समूह ए मा नेपाल ४ खेलमा ३ मा जित र एक खेलमा अंक बाँड्दै ७ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो। नेपालको समुहबाट ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । समूह ए बाट नेपाल समूह विजेता र ओमान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन  ।समूह ए बाट मलेसिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । साउदी ४ खेलमा १ मा जित, २ मा हार १ खेलमा अंक बाँड्दै ३ अंकका साथ चौथो स्थानमा रहेर बाहिरियो । कतार ४ खेलमा जित विहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो।

जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५दशमलब १ ओभरमा ८९ रनमा अल आउट भयो । कतारलाई सस्तैमा आउट गर्न सन्दीपले ९ दशमलब १ ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ मेडन ओभर सहित १४ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी सोमपाल कामीले ७ ओभरमा १ मेडन ओभर सहित २४ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी ललित नारायण राजबंशीले ५ ओभरमा २७ रन खर्चेर २ विकेट हात पारे । कतारका  जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । अमिर फारुकले १४ रन बाहेक कुनै पनि व्याट्सम्यानले दाहोरो अंकमा रन बनाउन सकेनन । 

यस अघि नेपालले पनि कमजोर व्याटिङ गर्दै ४० दशमलब ३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । कतार विरुद्धको आजको खेलमा नेपालका लागि सबैभन्दा वढि सन्दीप लामिछानेले ५८ बलमा ६ चौक्कासंगै आउट नभई ४२ रन बनाए । त्यसैगरी कप्तान रोहित पौडेलले ३६ बलमा २ चौक्कासंगै २७ रन बनाए । त्यसैगरी आसिफ सेखले १९ , दिपेन्द्र सिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ सेखले ११ /११ रन बनाए ।  

कतारका  तीव्र गतिका बलर आमिर फारुकले ९दशमलब ३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गयान मुनाविराले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । इक्रामउल्लाह खानले १० ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

प्रकाशित: १४ वैशाख २०८० १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App