सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाईटेडलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाआज साँझ भएको खेलमा जावलाखेलले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो।जावलाखेलको जितमा एनकोटो मोसाबीले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुग्यो।
जावलाखेलको यो सातौं जित हो। जावलाखेलले ११ खेलमा २३ अंक जोडेर अग्रस्थानमा रहेको छ ।चर्च ब्वाइज ११ खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
प्रकाशित: ९ वैशाख २०८० १४:५६ शनिबार