५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

खड्का र विष्ट जापान जाने

फाइल तस्वीर

नेपालका अशोक खड्का र नन्द विष्टले जापानमा हुने जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।  

अशोक र नन्दले जापानको ओसाकामा हुने जापान खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको पुम्सेमा नेपालको तर्फबाट चुनौती प्रतिस्पर्धा गर्नेछन्। खड्का र विष्टले ४० वर्षमुनि उमेरसमूहमा पुम्सेमा प्रतिस्पर्धा गर्न लागेका हुन्। तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका खड्काले सोही प्रतियोगिताको ग्योरोगीतर्फ निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन्। अप्रिल २२ देखि २४ तारिखसम्म हुने प्रतियोगिताका लागि टोली बिहीबार जापान प्रस्थान गर्दै छ। बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दुवैलाई बिदाइ गरेका थिए।

प्रकाशित: ७ वैशाख २०८० ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App