१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

परिवर्तनको संघारमा नेपाली फुटबल

काठमाडौं- नेपाली फुटबल परिवर्तनमुखी दिशामा छ । देशभित्रको फुटबलको सर्वोच्च निकायले दुई दशकयता पहिलोपटक नयाँ नेतृत्व पाएको छ । साताको सुरुआतमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्रलालश्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्वसामुनीतिगत, संरचनागत र विकास योजना अगाडि बढाउनुपर्ने चुनौती टड्कारोछ ।

नयाँ नेतृत्वलाई योजनावद्ध रूपमा अघि बढ्न पक्कै केही समय लाग्ला । तर त्यही एन्फामातहतमा रहेको राष्ट्रिय टोली फुटबल टोलीसँग भने यति बेला पछिल्ला दुई प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निरन्तरता दिने चुनौती नजिक आएको छ ।

स्वेदश वा विदेशमा बस्ने नेपालीले तिहारको खुसीयाली रमाइरहँदा फुटबल टोलीभने मलेसियामा नयाँ चुनौतीको सामना गर्न निस्कँदैछ । मलेसियामा बुधबारसुरु हुने एएफसी सोलिडारिटी कपमा नेपालले प्रतिस्पर्धा गर्दैछ ।

माघमा नेपाली टोलीले बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता जितेको थियो । अधिकांश तिनै खेलाडीको सहभागितामा नेपालले फागुनमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत यु–२३ बाट स्वर्ण पदक जितेको थियो । त्यसयता नेपाली टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो पहिलोपटक हो ।

टोलीका कप्तान अनिल गुरुङ सोलिडारिटी कप नेपालका लागि महŒवपूर्ण प्रतियोगिता भएको मान्छन् । उनले भने, ‘हामीले पछिल्लो समय सफलता प्राप्त गरिरहेका छौं । अब फेरि एकपटक एककदम अगाडि बढेर उपलब्धि हासिल गरेर देखाउने अवसर आएको छ ।’

राष्ट्रिय टोलीसँगै अनिलका लागि पनि सोलिडारिटी कप फुटबल करिअरमा विशेष अर्थ राख्नेछ । राष्ट्रिय टोलीमा अनिलले ४६ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

सोलिडारिटी कपको फाइनलसम्म पुग्न सके र जापानी प्रशिक्षक ग्योतोकु कोजीको पहिलो रोजाइमा पर्न सके अनिलले राष्ट्रिय टोलीबाट ५० खेलको कोसेढुंगा पार गर्न सक्छन् । तर अहिले त्यो अनुमान गर्नउनका लागि कठिन हुनेछ ।

स्ट्राइकर अनिलसँगै सोलिडोरिटी कप खेल्ने टोलीमा युवा स्ट्राइकर विमल घर्तीमगर, भरत खवास, नवयुग श्रेष्ठ र सुमन लामा पनि छन् । विमल इन्जुरीपछि टोलीमा फर्किएका हुन् । सागयता नेपालको राष्ट्रिय टोली र उमेर समूहको टोलीले १–१मैत्रीपूर्ण फुटबल खेल्दा विमल टोली थिएनन् । सागपछि विमल पहिलोपटक टोलीको यात्रामा निस्कँदैछन् । बेल्जियममा उपचार गर्न जाँदा यता बहिनीको मृत्यु भएपछि उनी भ्रमण छोट्याएर स्वदेश फर्केका थिए । त्यसयता उनले थ्री स्टारका लागि भारतको गुवाहाटीमा भएको बोर्डोलोइ कप फुटबल प्रतियोगिताजितेका थिए ।

बंगबन्धु र सागको स्वर्ण जितेर फर्केपछि सोमबार अध्यक्षमा निर्वाचित श्रेष्ठले कार्यवाहक अध्यक्ष रहँदा  हरेक महिना राष्ट्रिय टोलीले एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने बताएका थिए । तर त्यो सम्भव भएन । राष्ट्रिय टोलीले लाओस बाहेक यसबीचमा अर्को मैत्रीपूर्ण खेल खेल्न पाएन । बंगालदेशसँग तय भएरपनि अन्तिम समय रोकियो ।

सोलिडोरिटी कपका लागि जापानी प्रशिक्षक कोजीलाई सागका प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर र राष्ट्रिय टोलीका प्राविधिक निर्देशक चियाकी ताकेडाले सघाइरहेका छन् ।

प्रशिक्षक शाक्य फुटबल टोलीमा प्राविधिक क्षमताको विकास गर्नु मुख्य चुनौती देख्छन् । उनले भने, ‘विस्तारै हामी परम्परागत फुटबलबाट माथि उठ्दैछौं । आधुनिक फुटबलमा खेलाडीहरेक पक्षमा फिट हुनु जरुरी छ । पहिला एउटा खेलाडीलाई कसरी मार्किङ गर्ने भनेर सिकाइन्थ्यो । अहिले टिमलाई कसरी मार्किङ गर्ने, पास क्वालिटी, पेस, फिटनेस, बडी सेपकसरी सुधार गर्ने जस्ता कुरामा धेरै मिहिनेत गर्नुपर्छ ।’

उनीअहिले नेपाली फुटबल परिवर्तनकारी युगमा देखिएपनि राष्ट्रिय टोलीलाई तत्काल नतिजाका लागि दबाब दिन नहुने बताउँछन् । ‘सबै मानिस नेपालले विश्वकप कहिले खेल्छ भनेर सोध्छन् । दालभात खाएर नेपाली खेलाडी कसरी विश्वकप खेल्छन्, उनले भने, ‘जापान जस्तो सम्पन्न देशले त सन् २०५० को विश्वकप जित्ने लक्ष्य सहित अगाडि बढेको छ । हामीसँग योजनै छैन तर नतिजा हामी खोज्छौं । पछिल्लो समयमा पाएको नतिजा त्यसै आएको होइन । हामीले विगतमा केही लगानी गरेका थियौं । त्यसको परिणाम हो । अहिले लगानी गरे हामी एसिया कपमा राम्रो नतिजा निकाल्न सक्छौं ।’ सफलताका लागि मुख्य कुरा खेल्ने वातावरण देशभर हुनुपर्ने शाक्यको बुझाइ छ । जुनियर फुटबल, लिगको स्तरमा सुधार गर्दै भविष्यमा एसिया कप र एएफसी कप जस्ता प्रतियोगितामा राम्रो नतिजा निकाल्ने लक्ष्य राख्नुपर्नेमाशाक्य जोड दिन्छन् । नेपालको २३ सदस्यीय टोली प्रतियोगिताका लागि आइतबार मलेसिया यात्रामा जाँदैछ ।

नेपालसमूह ‘ए’ मा छ ।  नेपालले पहिलो खेल कात्तिक २० मा टिमोर लिस्टे र २३ मा ब्रुनाईसँग खेल्नेछ ।

लिग राउन्डपछि समूहका दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । अर्को समूहमा भने चार टोली छन् । सोलिडारिटी कपको फाइनल कात्तिक ३० मा हुनेछ ।

जापानी प्रशिक्षक कोजी नतिजाभन्दा पहिलो फुटबल संस्कृति विकासमा जोड दिन्छन् । उनले भने, ‘नतिजामात्र हामीले धेरै ध्यान दिने होइन । खेल्ने शैली, पूर्वाधारमा सुधार गर्दै मिहिनेत गरे हामीले सफलता प्राप्त गर्न सक्छौं । तर त्यसका लागि समय चाहिन्छ । स्पष्ट योजना आश्यक पर्छ । मैले मात्र लक्ष्य राखेर हुँदैन । खेलाडी, व्यवस्थापन सबैले एउटै लक्ष्य लिएर अगाडि बढ्नुपर्छ ।’

कोजी मैदानभित्र मात्र होइन बाहिर पनि खेलाडी अनुशासित र लगनशील हुनुपर्ने सिकाउन चाहन्छन् । प्रशिक्षण सामाग्री आफूले बोकेर मैदानमा छिर्ने कोजी मैदानमा भएको फोहोर र खाना, खाजा खाने ठाउँका फोहोर उठाउन पनि अगाडि सर्छन्। खेलाडीलाई हरेक ठाउँमा रोलमोडल बन्न स–साना कामले निर्धारण गर्ने कोजीको बुझाइ छ ।

कोजीले जे जति कुरा नेपाली टोलीमा सुधार गर्ने प्रयास गरेपनि घरेलु समर्थक प्रतियोगितामा नेपालको प्रदर्शन राम्रो हुनुपर्छ भन्ने अपेक्षा गर्छन् । बंगबन्धु र सागको नतिजाले निरन्तरता पाउनुपर्ने उनी ठान्छन् ।

कप्तान अनिल दुई ठूला उपलब्धिपछि अर्को प्रतियोगिता खेल्नु जुनसुकै टोलीका लागि पनि दबाबपूर्ण हुने बताउँछन् । तर नेपालले राम्रो खेल्ने अनिलको दाबी छ । उनले भने, ‘हामीसँग मुख्य कुरा भनेको आत्मविश्वास बलियो हुनु हो । टोलीमाप्रतिभावान युवा छन् । विराज, भरत, रविन जस्ता अनुभवी खेलाडी छन् । नयाँ भाइहरू प्राविधिक रूपमा राम्रो छ । हाम्रो टोली संयुक्त टिम हो । हामी फेरि अर्को सफलता प्राप्त गर्न कडा मिहिनेत गरिरहेका छौं ।’

नेपाली टोली

गोलकिपर- विकेश कुथु, किरण लिम्बु, विशाल श्रेष्ठ

रक्षक- रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल

मिडफिल्डर- विशाल राई, रन्जन विष्ट, हेमन्त गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल

फरवार्ड- विमल घर्तीमगर, अनिल गुरुङ, सुमन लामा, नवयुग श्रेष्ठ, भरत खवास ।

प्रकाशित: १३ कार्तिक २०७३ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App