१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

हिसान स्पोर्ट्स मिट: क्वाटरफाइनलमा विकेभिएम, कोसी र अर्किड

हिसान स्पोर्ट्स मिटमा विकेभिएम, कोसी र अर्किड विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

हिसान स्पोर्ट्स मिटको ११ औं संस्करणको मंगलबार औपचारिक उद्घाटन हुने भए पनि खेलहरु धेरै भएकाले सोमबारबाट फुटबलका खेलहरु सुरु भएको हो।

पहिलो खेल अन्तर्गत विकेभिएम स्कुलले कोबास कलेजलाई ६–० को फराकिलो गोल अन्तरमा हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ। म्यान अफ द म्याच सबिन चौधरीले ३ गोल, प्रशिल कार्कीले २ गोल र निश्चल थारुले १ गोल गर्दै टोलीलाई विजयी बनाए।

दोस्रो खेलमा कोसी क्याम्पसले सगरमाथा कलेजलाई ३–१ को गोल अन्तरमा हराउँदै क्वाटरफाइनलमा पुगेको छ। कोसीका म्यान अफ द म्याच वीरबहादुर लिम्बू, प्रदीप तामाङ र गौरव धिमालले समान १–१ गोल गरे भने सगरमाथाका लागि आयुष तामाङले गोल गरे। 

त्यसैगरी, तेस्रो खेलमा अर्किड कलेजले मेरिल्याण्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ। अर्किडका लागि जुनियर सावाँले १ गोल गरे भने मेरिल्याण्डका निशानत रायले आत्माघाती गोल गरे। म्यान अफ द म्याच अर्किडका जुनियर सावाँ भए।

हिसान स्पोर्ट्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिन पाउने छन्। यस स्पोर्ट्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र÷छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र÷छात्रा), एथलेक्टिसका खेलहरु हुने छन्। प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय विद्यार्थीहरुले सभागिता जनाउने छन्।

आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्ती दिने छन्।

प्रकाशित: ९ माघ २०७९ १४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App