६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

किशोरीलाई करणी गरी फरार रहेका अभियुक्त पक्राउ

किशोरीलाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने एक अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार अभियुक्त बाराको प्रसौनी गाउँपालिका ५ बेलहिया टोलका २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई बारा प्रहरीले पक्राउ गरेको हाे।  

अभियुक्त तेलीले १७ वर्षीया एक किशोरीलाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गरी गर्भवती बनाएका थिए। गर्भवती भएपछि किशोरीको गर्भलाई जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको बारा प्रहरीले जनाएको छ।  

घटना पश्चात फरार रहेका तेलीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका ५ बेलहिया टोलमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। तेली उपर जबरजस्ती करणी तथा गर्भपतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App