५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

मोहना नदीमा एक किशोरीको शव फेला

फाइल तस्बिर।

कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको आज बिहान मोहना नदीमा शव फेला परेको हो।

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो।

खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

उनले  लगाएको ट्रयाकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेकाले पहिचान खुलेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। रासस

प्रकाशित: २४ भाद्र २०७९ ०८:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App