७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

लागु औषध ब्राउन सुगरसहित दुई पक्राउ

लागु औषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका–१२ स्थित मनैया सामुदायिक वनबाट दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा  गुलरिया नगरपालिका–१२ का राकेश श्रीवास्तब र नुरुदिन गद्दी रहेका छन्। 

प्रहरीले दुवैलाई नियन्त्रणमा लिई खानतलासी गर्दा ४ सय ९० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले मोटरसाईकल १ थान र साईकल १ थान बरामद गरेको छ। प्रहरीले दुवैलाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए।

प्रकाशित: १८ श्रावण २०७९ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App