१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यतु महसुल बुझाउने काउन्टरमा नक्कली नोट

कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुर चार नम्बरमा नक्कली एक हजार रुपैयाँको नोट फेला परेको छ। नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगत जितपुरमा रहेको विद्यतु महसुल बुझाउने काउन्टरमा सो नोट फेला परेको हो।

प्राधिकरण तौलिहवा शाखाका प्रशासन प्रमुख भुपेन्द्र खनालले जितपुर काउन्टरमा एक हजारको नक्कली नोट फेला परेको बताए। बुधबार काउन्टरमा संकलन भएको रकम जितपुरस्थित कुमारी बैंक शाखा कार्यालयमा जम्मा गर्न जाँदा सो तथ्य बाहिर आएको हो। कुमारी बैंकका कर्मचारीले नोट गन्ने क्रममा सो हजारको नोट नक्कली रहेको जनाएका थिए।

ङ १५ २२४६३१ नम्बरको भेटिएको हजारको नोट नक्कली नोट बैंकले आफैं राखेको छ। पातलो कागज, नोट भित्र सेतो देखिने धर्को निम्म गुाण्स्तरको रहेको र गुराँसको फुल समेत स्पष्ट नदेखिएपछि नोट छाम्दा नोट नक्कली रहेको बैकका कर्मचारीहरुले पत्ता लगाएका थिए। जितपुर काउन्टरमा २ वटा महसुल काउन्टर र एक वटा विविध काउन्टर छन्।

त्यसमध्ये महसुल काउन्टरमा सो नोट भेटिएको थियो। नक्कली नोट भेटिएपछि प्राधिकरणले नक्कली नोट फेला परेको विषयमा ईलाका प्रहरी कार्यालय पिपरालाई जानकारी पठाइएको प्रशासन प्रमुख खनालले बताए। काउन्टर स्थलमा सीसीटीभी समेत नरहेकोले कसले सो नोट ल्याएको भन्ने विषयमा अनुसन्धान गर्न गाह्रो हुने देखिएको छ। १ हजारको नक्कली नोट भेटिएपछि बैकहरुले सवाधानी अपनाउन सबैमा आग्रह समेत गरेको छ।

प्रकाशित: १२ श्रावण २०७९ १०:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App