९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रधान सेनपातिद्वारा बेनीघाट-लार्के सडकको बेलिब्रिज उद्घाटन

गोरखा धार्चे गाउँपालिका ५ स्थित माछाखोलामा बनेको पुल उद्घाटन गर्न पुगेका प्रधान सेनापति। तस्बिरः नागरिक

गोरखाको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्गत माछाखोलामा निर्माण भएको बेलिब्रिज बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त पुलको उद्घाटन गरेका हुन्।  

एक सय २० फिट लामो उक्त पुल १२ फिट चौडाई भएको सिंगल लेनको रहेको छ। २० टन भारवहन क्षमताको उक्त पुल नेपाली सेनाले गत वैशाख अन्तिममा निर्माण पुरा गरेको हो।  पुल उद्घाटन गर्न सेनापति शर्मा रक्षा र भौतिक योजना मन्त्रालयका सचिवसहित हेलिकप्टरबाट गोरखाको धार्चे गाउँपालिका–५ स्थित माछाखोला पुगेका थिए।  

बेनीघाट–लार्के सडकको हावाडाँडा देखिमाथि नेपाली सेनाले ट्रयाक खोलिरहेको छ। अहिले दोभानसम्म करिब १८ किलोमिटर सडक सम्म सहज रुपमा आउजाउ गर्न मिल्ने भएको नेपाली सेनाले जनाएको छ।  

पुल उद्घाटन गर्न पुगेका सेनापती शर्मा समक्ष माछाखोलाका स्थानीयले सेनाले सडक, पुल निर्माण गरिदिएपछि दैनिकी नै बदलिएको बताएका थिए। सेनाले सडक बनाईदिएका कारण आउजाउ गर्न, खाद्यान्न ढुवानी गर्न, बिरामी पर्दा एम्बुलेन्स चलाउन सजिलो भएको भन्दै खुसी व्यक्त गरे।  

उक्त सडक खण्ड अहिले नेपाली सेनाले धमाधम निर्माण गरिरहेको छ। धार्चे गाउँपालिकाबाट चुमनुब्री तर्फ सडकको ट्रयाकअघि बढिरहेको सेनाले जनाएको छ। चुमनुब्री बाहेक गोरखाका १० वटा स्थानीय तह सडक सञ्जालले जोडिएको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App