७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘स्वतन्त्र न्यायापालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने’

नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बारको गत चैत १९ गते सम्पन्न भएको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहणपछि बारका महासचिव अन्जिता खनालले हिजाे जारी गरेकाे प्रेस विज्ञप्तिमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ।

बारको चारवटा मूल आधार लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यापालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ। 'यस कार्यसमिति नेपाल बार एशोसिएशनको मूल्यमान्यताको संरक्षण, सम्वद्र्धन गर्ने कार्यमा दत्तचित्त भइरहने प्रण पनि गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'विकृति, विसङ्गति, भ्रष्ट्राचारविहीन स्वच्छ–सक्षम निष्पक्ष, न्यायपालिका, मर्यादित र सक्षम कानुन व्यवसायका लागि कार्य गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौँ।'

नवनिर्वाचित पदाधिकारीले नववर्ष २०७९ ले व्यावसायिक आचरण पालना गरी व्यावसायिक र मर्यादित बार बनाउन सबैलाई प्रेरणा देओस् भन्ने शुभकामनासमेत विज्ञप्तिमार्फत गरेको छ। रासस

प्रकाशित: ५ वैशाख २०७९ ००:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App