६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ।  

ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुदाँ एक बालकसहित पाँच जनाको मृत्यु भएको स्याङजाका एसपी राजीव बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत भईसकेको छैन्।  

जीपमा ११ जना सवाररत रहेको स्याङजा प्रहरी कार्यालयले जनाएको छ। ६ जना घाईतेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज उपचारको लागि ल्याइएको छ। जीप सडकबाट करिब दुइ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण थाहा नभएको प्रहरीले बताएको छ। 

प्रकाशित: ४ वैशाख २०७९ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App