४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला माथि एसिड प्रहार

कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ।

पर्सा वीरगन्ज उपमहानगरपालिका १३ श्रीपुरका उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेललाई परिवारकै सदस्यहरुले एसिड प्रहार गरेर फरार भएको बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन्।

कलैयामा माईती घर बस्दै आएकी पटेललाई  आफ्नो माईती जेठाजु रामबाबु साह र ससुरा हवारी साह  ना.६०प  ७२७९ नम्बर को स्कुटीमा एसिड प्रहार गरेको थापाले बताए।

एसिडबाट घाइते भएकी महिलालाई  जिल्ला अस्पतालमा उपचार भैरहेको र एसिड प्रहार गर्नेलाई खोजतलास गर्न वीरगन्ज प्रहरी पठाइएको थापाले बताए।

प्रकाशित: ११ चैत्र २०७८ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App