४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

'सूर्यमाया तामाङ' झुण्डिएको अवस्थामा फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट सम्शेरटोल बस्ने वर्ष २२ की सूर्यमाया तामाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी छिन्।

घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई आत्महत्या गरेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

खबर प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी प्रारम्भिक थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी गराए।

प्रकाशित: ६ फाल्गुन २०७८ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App