६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

दैलेखमा जीप दुर्घटनामा एकको मृत्यु

दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई–१ का  ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए।

शाहकाअनुसार जीपमा सवार अन्य आठ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित: २१ पुस २०७८ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App