६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको श्रृजनानगर नजिक बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका वडा न. ५ सृजनानगर राधेराधे पुलस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट राधेराधेतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प १०१२ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल चालक सप्तरी बर्निया स्थायी घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ नरेफाँटस्थित एसएनएस मोटरसाइकल वर्कसपमा काम गर्ने अन्दाजी बर्ष १६ को राम मण्डलको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएअनुसार दुर्घटनापछि उपचारको लागी नजिकैको मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जनाएको छ। परिसरका सूचना अधिकृत दीपक गिरीले मोटरसाइकलमा पछाडि सवार नुवाकोट दुप्चेश्वर गाँउपालिका वडा नं. ४ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ नरेफाँट बस्ने बर्ष १८ को राजन तामाङ सामान्य घाइते भई जडिबुटीस्थित एपेक्स पोलिक्लिनिक एण्ड डाइग्नोटिक्स सेन्टरमा उपचार गरी राति नै डिस्चार्ज भएको जनाए। तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको जनाइएको छ। घटना सम्बन्धमा थपः अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २२ आश्विन २०७८ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App