७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बजार अनुगमन : म्याद गुज्रेका सामान नष्ट

बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन जिल्लाका  त्रिपुराकोट र जुफाल बजारका पसलहरुमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ। व्यापारीहरुले दैनिक उपभोग्य वस्तु चामल चिनी तेल र दाल लगायतका वस्तुहरु लुकाएर राखेपछि कृत्रिम अभाव सृजना भएको गुनासो आउन थालेपछि बजार अनुगमनलाई कडाई गर्दै लान थालिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

बजार अनुगमनको क्रममा म्याद गुज्रेका झण्डै १ लाख ५० हजार बराबरको सामान जफत गरेर जलाइएको थियो। यत्तिखेर हिमाली जिल्ला डोल्पामा खाने तेलको हाहाकार भएको र बजारमा कतै पनि खाने तेल नपाएको गुनासो सर्वसाधारणले अनुगमन टोली समक्ष पोखेका छन्। व्यापारीहरुले कृत्रिम अभाव सृजना गर्न नपाउन र सर्वसाधारणले खोजेको समयमा दैनिक उपभोग्य वस्तु सर्वसुलभ मूल्यमा किन्न पाउन भनेर बजारमा भएको दैनिक उपभोग्य वस्तुको मौज्दात भण्डारण लगायत सामानहरुको मुल्यसूचि समेतको बजार अनुगमन गरेर टोलीले जानकारी लिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीको नेतृत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालयका सह लेखापाल बृर्खबहादुर भण्डारी, घरेलु तथा साना उद्योग विकास समितिकी कल्पना शाही, त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख रमेशबहादुर राउत, ठूलीभेरी नगरपालिकाका कार्यकारी प्रमुख दिलप्रसाद रोकाया, नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा संचारकर्मी र सुरक्षा निकायका प्रतिनिधिहरु सहितको संयुक्त टोलीले अनुगमन गरेको हो। अनुगमन टोली जुफाल बजारमा पुग्दा कतिपय पसले साहुहरुले पसल बन्द गरेर लुकेको पाइएको प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए।  

म्याद गुज्रेका खाद्यवस्तुहरु बेच्न नपाउन र कृत्रिम अभाव हुननदिन चाडपर्व लक्षित अनुगमनलाई कडाइका साथ लगिने पनि सहायक प्रजिअ नेपालीले बताए। अनुगमन टोलीले त्रिपुराकोटर जुफालमा रहेका रहेका झण्डै एक सयभन्दा बढी किराना तथा ठूला पसलहरु दैनिक उपभोग्यवस्तुको परिमाण हालको मुल्यसूचि र संचितीको अवस्था लगायत म्याद गुज्रेका वस्तुहरुको समेत अनुगमन गरेको थियो।

प्रकाशित: १४ आश्विन २०७८ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App