१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।  

हिन्दुहरुले परापूर्व कालदेखि असोज १ गते विश्वकर्मा पूजा र आराधना गर्दै आएका छन्। 'कलकारखाना, सिल्पि समुदाय, उद्योगहरु, विश्वकर्मालाई कुलदेवता मान्ने जातीहरु, निर्माण व्यवशायी, इन्जिनियर लगायतले धुमधामका साथ मनाउने यो दिनलाई देशको विविधताको सौन्दर्य स्वीकार्दै सार्वजनिक विदा दिन माग गरिन्छ,' विज्ञप्तिमा भनिएको छ।  

ज्ञापनपत्र बुझाउन समितिका तर्फबाट  तेजनरायण ठाकुर, विवेक शर्मा र नरेन्द्र ठाकुर, र अरुण शर्मा गृहमन्त्रालय पुगेका थिए।

प्रकाशित: १९ भाद्र २०७८ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App