१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आफ्नै भवनमा भक्तपुर नगरपालिका वडा नं. ३ को कार्यालय

भक्तपुर नगरपालिकाका वडा नं. ३ को भवन वंशगोपालमा तयार भएको छ। वडा कार्यालयको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमबीच नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरे। साढे ३ तल्ले वडा कार्यालय भवनको शिलान्यास नगर प्रमुख प्रजापतिले नै २०७५ मंसिर २८ गते गरेका थिए। भवनको निर्माण भने २०७७ मंसिर २८ गते सम्पन्न भएको थियो।  

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले साबिक वडा नं. १३ र १६ लाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण गरेको बताए। भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवम् समाजसेवी रामसुन्दर खाताखो वडा कार्यालय भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी भूमिका खेल्नेहरुप्रति धन्यवाद ज्ञापन गरे।

साबिक वडा नं. १३ का पूर्व वडाध्यक्ष रामहरि गोराले वडा कार्यालयको भवन निर्माणको लागि उपयुक्त जग्गा अभावले गर्दा भवन निर्माणको कार्यमा ढिलाइ भएको बताए। साविक वडा नं. १६ पूर्ववडाध्यक्ष इन्द्रमान श्रेष्ठ, भवन निर्माण अनुुगमन समितिका संयोजक मुक्तिराम स्वानेपा, उपभोक्ता समितिका सदस्य मैंया ध्वजु र उपभोक्ता समितिका शिवराम धुख्वाले पनि वडा कार्यालय भवन निर्माणबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न सहज भएकोे, भवन निर्माणमा सबैको साथ र सहयोग पाएको बताए।

कार्यक्रममा उपभोक्ता समितिका कोषाध्यक्ष लक्ष्मीप्रसाद गोराले वडा कार्यालयको निर्माण निर्धारित समयमै सम्पन्न भएको र भवनको लागत इस्टिमेट २ करोड ७३ लाख ११ हजार ९१४ र कूल खर्च १ करोड ७२ लाख ५३ हजार ३५३ रहेको कार्यक्रममा जानकारी गराए।

प्रकाशित: १२ भाद्र २०७८ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App