७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कपिलवस्तु बालगृहमा सामूहिक रक्षाबन्धन

कपिलवस्तु बालगृहमा सामूहिक रक्षाबन्धन गरिएको छ। रक्षाबन्धन र जनैपुर्णिमाका अवसरमा बालगृहमा रहेका २९ बालकहरुलाई सामूहिकरुपमा रक्षाबन्धनको डोरी बाँधेर सो पर्व मनाइएको हो।

दुईजना दिदीहरुले २९ बालकहरुलाई सामूहिक रक्षाबन्धन बाँधेर फलफूल तथा मिठाइहरू प्रदान गरेका थिए। बालगृहको संरक्षणमा रही प्युठानको स्वास्थ्य क्षेत्रमा कार्यरत टीका पुन र बालगहृकी कर्मचारी कविता थारूले बालगृहका बालकहरुलाई टीका लगाई आशिषसमेत दिएका थिए।

बालगृहमा रहेका बालकहरुलाई रक्षाबन्धनको डोरी बाँध्न पाएकामा खुसी लागेको टीकाले बताइन्। उनले हरेक वर्ष रक्षाबन्धनमा डोरी बाँध्दै आएको बताइन्। ‘बालगृहमा सामूहिकरुपमा रक्षाबन्धन मनाउन पाउँदा निकै खुशी लागेको छ’ उनले भनिन्।

सामूहिक रक्षाबन्धन कार्यक्रम गरी हातमा डोरो बँँधन पाएपछि बालगृहका बालकहरु खुसी भएका थिए। बालगृहका व्यवस्थापक रामप्रसाद अर्यालले सामाजिक मूल्य र मान्यता, सामाजिक परम्परा तथा आफूहरुको संरक्षणमा रहेका र बाहिर गएका बाबुनानीहरूको एक आपसमा पारिवारिक नाता कायम राख्ने काममा सक्रिय रहेको बताए।  

प्रकाशित: ६ भाद्र २०७८ ११:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App