१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मौलिकताविनाको सम्पदा पुनः निर्माणको अर्थ हुन्न : मेयर प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंस्थित सरस्वती फल्चा (पाटी) को शिलान्यास गरेका छन्। २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त फल्चा  रु. २४ लाखको लगत इस्टिमेटमा भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्न लागेको सो पाटीको शुक्रबार शिलान्यस गरेका हुन्।

सो क्रममा नगर प्रमुख प्रजापतिले मौलिकता विनाको ऐतिहासिक सम्पदा पुनःनिर्माणको कुनै अर्थ नभएको बताए। ‘इतिहास जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्ने काममा कुनै किसिमको हेलचक्र्याइँ गर्नुहुन्न’, उनले भने, ‘सम्पदा पुनःनिर्माणको काम भनेको इतिहास निर्माण गर्ने काम हो। सयौं वर्ष टिक्ने यी सम्पदा पुनःनिर्माणको काम गुणस्तरीय हुनु जरुरी छ।’

भक्तपुर नगरपालिकाले नगरको सन्तुलित विकासमा जोड दिइरहेको बताउँदै उनले यस वर्ष भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै जनस्वास्थ्य सेवा केन्द्रलाई ख्वप अस्पतालको रुपमा सञ्चालन गरी वडा वडामा स्वास्थ्य चौकी निर्माण, नगरबासीहरुलाई निःशुल्क अक्सिजन वितरणलगायतका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कामलाई प्राथमिकतामा राख्दै आएको बताए।

भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडाका विकास निर्माणका गतिविधिहरुबारे अवगत गराउँदै १० नं. वडामा थुप्रै ऐतिहासिक पाटीहरु रहेको हुँदा आवश्यकता र प्राथमिकताअनुसार सम्पदाहरुको पुनःनिर्माण गरिने बताए।

प्रकाशित: २९ श्रावण २०७८ ०७:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App