१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सेती अस्पतालमा थप चार जनाको मृत्यु

कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको कैलारी गाउँपालिका ६ का २४ वर्षीया महिला, गोदावरी नगरपालिका ४ का ५० वर्षीय पुरुष, गोदावरी नगरपालिका २ का ६५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका ६ का ६५ वर्षीया महिलाको मृत्यु भएको छ ।

कोराेना संक्रमणले सेती प्रादेशिक अस्पतालमा १ सय ३९ जनाको ज्यान गैसकेको छ । कोराेनाको पहिलो लहरको संक्रमणले ३२ जनाको मात्र ज्यान गएको थियो । दोश्रो लहरको काेरोनाले सेती प्रादेशिक अस्पतालमा वैशाख महिना यता मात्र १ सय ७ जना संक्रमितको ज्यान गएको उनले बताए ।

‘दोश्रो लहरको कोराेनाको संक्रमण व्यापक रुपमा फैलिरहेको छ भने मृत्युदर पनि धेरै बढी छ’, उनले भने। संक्रमितको चापले सेती प्रादेशिक अस्पतालका शैया, आईसियु सेन्टर भरिभराउ भएका छन् । सेती प्रादेशिक अस्पतालमा १ सय ३ जना संक्रमित भर्ना छन् । १५ आईसियुमा, अक्सिजन सपाेर्टमा ८८ संक्रमित राखिएको उनले बताए ।

प्रकाशित: ६ जेष्ठ २०७८ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App