७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकको रानीपुल क्षेत्रमा निर्माणाधिन बेलिब्रिज निर्माणमा खटिएका १ मजदुरको चिप्लिएर लड्दा मृत्यु भएको छ। 

मृत्यु हुनेमा बारा जिल्लाको सिमरा बस्ने २६ वर्षीय श्यामसुन्दर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बालनरसिंह राणाले जानकारी दिए।

घटनास्थललाई लेलेपमा रहेको प्रहरी चौकीबाट खटिएको जनशक्तिले सुरक्षित गरिरहेको र जिल्ला प्रहरी कार्यालयबबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको समेत राणाले बताए। 

उनका अनुसार निर्माणको क्रममा खटिएका चौधरी अचानक चिप्लिएर लडेको सोहि बेलिब्रिजका केहि सामान समेत संगै झरेर थिचेपछि घटनास्थलमै मृत्यु भएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७८ ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App