९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

प्रजिअसहित दुई सुरक्षा अगं प्रमुखको सरुवा

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसँगै दुई सुरक्षा अंगका प्रमुखको एकैपटक सरुवा गरिएको छ। प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनियाँको गृहले एकैपटक सरुवा गरिदिएको हो। जिल्लामा आएको ७ महिना नपुग्दै प्रजिअ घिमिरे, प्रहरी प्रमुख पोखरेल र सशस्त्रका खनियाँलाई अर्थमन्त्री विष्णु पौडेलको दबाबमा सरुवा गरिएको स्रोतको दाबी छ। तर यसबारे तीनैजनाले कुनै प्रतिक्रिया दिएका छैनन्।  

रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलान्यास कार्यक्रममा सहभागी अर्थमन्त्री विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्था फितलो भएको भन्दै गृह मन्त्रालयले तीनैजनाको सरुवा गरेको बताइएको छ। गृह मन्त्रालयका अनुसार प्रजिअ घिमिरेको पर्सा जिल्लामा सरुवा भएको छ। रुपन्देहीमा पर्साका अस्मान तामाङ आउने छन। प्रहरी प्रमुख पोखरेलको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ। रुपन्देहीमा एसपी मनोज केसी आउँदैछन।  

जग्गा अधिग्रहणका समबन्धमा स्थानीयका जायज मागलाई समेत वेवास्ता गर्दै बिनातयारी अर्थमन्त्री पौडेलले गत फागुन २१ गते रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रको शिलान्यास गरेका थिए। स्थानीयले आफुहरूलाइ थाहै नदिई जग्गा कब्जा गरेर जबरजस्ती अर्थमन्त्रीले शिलान्यास गरेको भन्दै कार्यक्रम रोक्न खोजेका थिए। तर अर्थमन्त्री पौडेलले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर जबरजस्ती शिलान्यास कार्यक्रम गरे।  

शिलन्यास पछि भाषणकालागि मञ्चमा मन्त्री पौडेल पुगेपछि आक्रोसित स्थानीयले मञ्चतीरै ताकेर ढुङ्गा हान्ने प्रयास गरेपनि सुरक्षाकर्मीले रोक्न सफल भएका थिए। त्यसलगत्तै मन्त्री पौडेल र भट्ट कार्यक्रम बिचमै छोडेर हिँडेका हुन। कार्यक्रमको सुरक्षाका लागि अघिल्लै दिनदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

सुरक्षाकर्मीहरूको संयमता र सक्रियताकै कारण त्यसदिन कुनै अप्रिय घटना भने हुन पाएन। अर्थमन्त्रीले शिलान्यास गरेको औधोगिक क्षेत्रको अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको छैन। अधिग्रहण गरिएको भनिएको स्थानीयको जग्गाको न मुआब्जा दिइएको छ न उनीहरूलाई वैकल्पिक व्यवस्थापनको योजना ल्याइएको छ।

प्रकाशित: १८ चैत्र २०७७ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App