१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सिराहाको चुरे जंगलबाट लागुऔषधसहित एक युवक पक्राउ

लागुऔषधसहित पक्राउ परेका सिराहाको मिर्चया नगरपालिका–६ का ब्रमदेव यादव। तस्बिरः महेश्वर

उदयपुर र सिराहाको सीमास्थल चुरे जंगलबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। सिद्धिचरण लोकमार्गको मिर्चया–कटारी सीमास्थल चुरे जंगलबाट डाईलेक्स–डिसी नामक २७ बोतल प्रतिबन्धित लागुऔषधसहित सिराहाको मिर्चया नगरपालिका–६ का ब्रमदेव यादव पक्राउ परेका हुन्।  

आइतबार साँझ साढे ५ बजे मिर्चयादेखि कटारी बजारतर्फ स ८ प ४५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका २८ वर्षीय यादवमाथि शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध भेटिएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ।  

कटारीबाट खटेको विशेष टोलीले मोटरसाइकल चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागुऔषध बरामद गरेको हो।

कटारी प्रहरीको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन्। 

प्रकाशित: १० फाल्गुन २०७७ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App