१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सीमामा गोली प्रहार प्रकरण : काठ तस्करी गर्न गएको प्रारम्भिक वयान

दोधाराचाँदनी नगरपालिका–१ का १६ वर्षिय नरेश सुनार सीमामा भारतीय पक्षबाट गोली लागेर घाइते भए। तिघ्रामा गोली लागेर समान्य घाइते भएका नरेशले भारतबाट सामान लिएर फर्कने क्रममा सीमामा आफूमाथी गोली प्रहार भएको बताएपछि घटनाले चर्चा पाएको थियो भने भारतीय पक्षबाट ज्यादती भएको भन्दै स्थानीय आक्रोशित भए। समाजिक सन्जाल लगायतमा बिरोध भयो। नरेश माथी भारतीय एसएसवी वा सुरक्षाकर्मीले गोली नचलाएको निष्कर्षमा प्रहरी पुगेको छ।  

नरेश लगायतका ३ युवा भारतीय बनमा काठ तस्करी गर्न गएका र त्यही क्रममा उनी माथी गोली प्रहार भएको कंचनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। बन रक्षकहरुले गोली चलाएको हुन सक्ने प्रहरीको आंकलन छ।  सुनारको खुट्टामा गोलीको छर्रा लागेको उनले बताए। समान किनेर फर्कने बेला आफूमाथी गोली प्रहार भएको भन्ने नरेशले प्रहरी समक्ष काठ तस्करी जादाँ गोली प्रहार भएको बयान दिएका छन्। नरेश सहित काठ तस्करी गर्न दोधाराचाँदनी नगरपालिका–१ का २६ वर्षीय दीपक धामी र ३५ वर्षीय बब्लु चन्द पनि काठ काट्न आरासहित भारतीय वन क्षेत्रमा गएका थिए। तीनै जनाले काठ तस्करी गर्न गएको स्विकारेको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको टोली बनक्षेत्रमा समेत पुगेको थियो। सागुवान प्रजातीको रुख आधा काटेको अवस्थामा आरा अड्किएको फेला परेको उनले बताए।  

सोमबार साँझ भारतको गडिगोठमा भारतीय पक्षले चलाएको गोली लागेर घाइते भएका दोधाराचाँदनी नगरपालिका–१ का नरेश सुनारसहितका ३ जना युवा काठ काट्न त्यहाँ गएका थिए।  

‘भारतीय एसएसबीले गोली चलाएको होइन्, वन रक्षकले गोली चलाएको हुनसक्छ’उनले भने। बनरक्षकले गोली चलाएको पुष्टि भने भैसकेको छैन। बनरक्षकसँग बुझ्ने क्रम भैरहेको उनले बताए।

समान किनेर फर्कने क्रममा १० जनाको समुहमा रहेकाले पछाडीवाट प्रहार गरेको घाइते सुनारले बताएका थिए। उनको खुट्टामा छर्रा लागेको छ। उनको महाकाली अस्पतालमा उपचार भैरहेको छ।  

 

 

 

प्रकाशित: २१ पुस २०७७ १२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App