५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी पौडेललाई उद्योग वाणिज्य महासंघको सम्मान

पत्रकारिताको माध्यमबाट अर्थतन्त्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नेपाल उद्योग वाणिज्य महासंघले नागरिक दैनिकका वरिष्ठ संवाददाता दिलीप पौडेललाई सम्मान गरेको छ। महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रमको अवसरमा आइतवार पौडेललाई निवर्तमान अध्यक्ष भवानी राणा, अध्यक्ष शेखर गोल्छाले नगदसहित कदर पत्रले सम्मान गरेका हुन्।  

अर्थतन्त्रका विविध विषयवस्तुमा कलम चलाई मुलुक भित्र उद्योग प्रर्वद्धनसहित उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यमा सघाएकाले सम्मान गरेको कदर पत्रमा उल्लेख छ।

पौडेलसहित रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला, न्युज २४ टेलिभिजनका नवराज चालिसे, कारोबार दैनिकका बिपेन्द्र कार्की, कान्तिपुर दैनिकका कृष्ण आचार्य, सिलापत्र अनलाइनका भागवत भट्टराई र बाह्रखरी अनलाइनका हिमाल पौडेल पनि सम्मानित भएका छन्। सम्मानित पत्रकारलाई नगदसहित कदर पत्रले सम्मान गरिएको थियो।

प्रकाशित: १४ मंसिर २०७७ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App