१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विद्युतीकरण अगाडी बढाउन संघर्ष समितिले बुझायो ज्ञापन पत्र

राप्तीपारी अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम तत्काल अगाडी बढाउन दवाव स्वरुप राप्तीसोनारी नरैनापुर विद्युत विस्तार संघर्ष समितिले विभिन्न निकायमा मंगलबार ज्ञापन पत्र बुझाएको छ। समितिले जिल्ला प्रशासन कार्यालय बाँके, विद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका कार्यालयमा उक्त ज्ञापन पत्र बुझाएको हो।  

समितिका संयोजक एवम् पूर्व सभासद पट्टु थारुले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, विद्युत प्राधिकरण प्रदेश पाँच डिभिजन कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुर र राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरे। ज्ञापन पत्र बुझाउने क्रममा दशकौंदेखि बिद्युत सेवाबाट बञ्चित राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दा ठूलो संख्यामा सहभागी भएका थिए।  

ठेकेदार कम्पनीका सञ्चालक राजेन्द्र मिश्रले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा दायर गरेको मुद्दा खारेज गरी विद्युतीकरणको काम सुचारु गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ। ठेकेदारले अदालतमा दायर गरेको मुद्दा यथाशिघ्र फिर्ता नलिए राप्तीसोनारीका युवा, बृद्धबृद्धा तथा महिलाहरु सडकमा उत्रिएर संघर्ष गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ। ‘जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, नेपाल विद्युत प्राधिकरण, राप्तीसोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका, पत्रकार महासंघ लगायत निकायलाई बोधार्थ दिइएको छ, सबै निकायमा ज्ञापन पत्र बुझाएर दवाव सिर्जना गर्ने हाम्रो योजना छ,’ संघर्ष समितिका सदस्य हुमाशंकर ओलीले भने।  

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ तथा नरैनापुरको अलपत्र विद्युतीकरणको काम यथाशिघ्र सञ्चालनका लागि दवाव दिन सोमबार संघर्ष समिति गठन गरिएको थियो। राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा विद्युतीकरण वितरण लाईन विस्तारका लागि २०६९ सालमा बिद्युत प्राधिकरण र ठेकेदारबीच ठेक्का सम्झौता भएपनि ९ वर्षसम्म कुनै काम सुरुवात नगरेपछि प्राधिकरणले सो टेण्डरलाई रद्ध गरी काम आफै अगाडी बढाउन खोजेको थियो। 

प्राधिकरणको उक्त कदमविरुद्ध ठेकेदार ‘उष्मा/गौरी पार्वती जेभी’ कम्पनीले मुद्दा दायर गरेपछि काममा अन्यौलता छाएको छ। संघर्ष समितिले छिटो छरितो विद्युत सेवा उपलब्ध गराउन ज्ञापन पत्र बुझाउने लगायत विभिन्न संघर्षका कार्यक्रम तय गरेको छ।

प्रकाशित: २० आश्विन २०७७ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App