६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

संक्रमणको नयाँ हटस्पट बन्यो सिरहा

सीमामा रोकिएन ओहोरदोहर

एक महिनाअघिसम्म प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्ला कोरोनाको ‘हटस्पट’ थिए । अहिले ती सबै जिल्ला ग्रीन जोनतर्फ अग्रसर भइरहँदा सिरहा नयाँ ‘हटस्पट’ जिल्लाका रूपमा प्रदेशमा चुनौती थप्दै छ ।

पछिल्लो एक महिनायता यस प्रदेशका बाँकी जिल्लामा सक्रिय संक्रमितको संख्या घट्दै गए पनि सिरहामा बढ्दै गएको तथ्यांकले देखाउँछ । भदौ १ गते सबैभन्दा बढी सक्रिय संक्रमित पर्सा जिल्लामा १ हजार २ सय ८१ थियो । बारामा ४ सय ८३, रौतहटमा ८ सय १९, सर्लाहीमा ७ सय २६, महोत्तरीमा आठ सय २७, धनुषामा ६ सय ४३, सिरहामा १ सय ५३ र सप्तरीमा १ सय ८९ सक्रिय संक्रमित थिए ।

एक महिनापछि बिहीबारको तथ्यांकअनुसार सबैभन्दा बढी सक्रिय संक्रमित सिरहामा ७ सय ३९ छन् । सप्तरीमा २ सय १९, धनुषामा ४ सय ३०, महोत्तरीमा ३ सय ४९, सर्लाहीमा ५ सय ४८, रौतहटमा ३ सय ७६, बारामा १ सय २३ र पर्सामा ८० जना सक्रिय संक्रमित रहेको तथ्यांक छ ।

यस अवधिमा पर्सामा ४ सय ३७ जना, बारमा १२ सय ३४ जना, रौतहटमा २ सय ८० जना, सर्लाहीमा ४ सय ६० जना, महोत्तरीमा १ सय ९६ जना, धनुषामा ४ सय १७ जना, सिरहामा ८ सय ७१ जना र सप्तरीमा ४ सय ५७ जना संक्रमित थपिएका छन् ।

यस प्रदेशमा सुरक्षाकर्मी, नेपाली सेना, कैदीबन्दी, कर्मचारी, व्यपारी, चिकित्सक, कर्मचारी, जनप्रतिनिधि समुदायका मानिस, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । एक महिनापछि हटस्पटका जिल्लामध्ये पनि संक्रमणको भयावह मार झेलिरहेको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका ग्रिन जोनउन्नमुख छ । स्वास्थ्य मन्त्रालयका अनुसार ‘ग्रिन जोन’ भन्नाले सुरक्षित स्थानलाई जनाउँछ । अर्थात् एक महिनासम्म नयाँ संक्रमित नभेटिएको ठाउँ ‘ग्रिन जोन’ हुने भनिएको छ ।

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।

वीरगन्ज महानगरलाई ‘हटस्पट’ भयावह अवस्थाबाट समान्यतर्फ ल्याउनमा सिडिओ आस्मान तामाङको नीति र महानगरपालिकाको सहयोगले काम गरेको छ । रौतहट जिल्लालाई हटस्पटबाट समान्यतर्फ डोर्याउन पनि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नीति र स्थानीय तहको सहयोगले काम गरेको छ । वीरगन्ज र रौतहटलाई संक्रमणको उच्च जोखिमबाट यो अवस्थामा ल्याइपु¥याउन सिडिओ तामाङ र यादवले परीक्षण, पहिचान र सीमामा गरिएको कडाइलाई कारण मान्छन् ।

संक्रमणलाई नियन्त्रणको स्थितिमा ल्याउन सबैभन्दा मुख्य काम नै भारतीय सीमामा हुने आवतजावतलाई कडाइ गर्नु रहेको उनीहरुको भनाइ छ । संक्रमण नियन्त्रण गर्ने पहिलो रणनीति नै सीमा कडाइ गर्नु रहेको उनीहरुले जनाए । सरकारले अन्तर्राष्ट्रिय सीमालाई कात्तिक ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

पहिलो प्राथमिकता सीमालाई कडाइ दोस्रो संक्रमितको पहिचान र परीक्षण रहेको प्रजिअ यादवले बताए । सावधानी र कडाइ अपनाएकै कारण यी जिल्लामा संक्रमण दर तीन अंकबाट दुई अंकमा झरेको छ । यी जिल्लामा थपिने संक्रमितको संख्या प्रायः एक अंकमा हुन्छ ।

सिरहामा संक्रमितको संख्या ह्वातै बढ्नु र बढ्दै जानुको कारण सीमामा व्यापक ओहोरदोहार, समाजिक भौतिक दूरी कायम हुन नसक्नु, संक्रमित पहिचान तथा व्यवस्थापनमा हेल्चक्रेयाइँ भएको जानकारहरु बताउँछन् ।

‘सीमादेखि गाउँ हुँदै सहरसम्मको अवस्था पहिलाजस्तै सहज भएपछि संक्रमणको समुदायस्तरमा फैलिसकेको लहान नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर यादवले बताए । सीमादेखि सहरसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन बढ्दाको नतिजा पछिल्लोसमय बढ्दै गएको संक्रमितको संख्या हो,’ उनले भने ।

गाउँदेखि सहरसम्म समुदायस्तरमै संक्रमण फैलिरहँदा प्रमुख जिल्ला अधिकारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनतर्फ गम्भीर देखिँदैन । दैनिकजसो जिल्ला संकट व्यवसथापन केन्द्रको बैठक बसेर निर्णय गरे पनि त्यसको कार्यान्वयन भएको पाइँदैन । जिल्लामा ७ सयभन्दा बढी सक्रिय संक्रमित हुँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाइ नगरिनु बिडम्बना भएको सीरहाका बुद्धिजीवी अजय यादवको भनाइ छ ।

संक्रमितको संख्या बढ्दै गएको बेला जिल्लाभरका विद्यालयहरुको पठनपाठन सुचारु गरिदिएपछि झन् भयावह अवस्था निम्तिने खतरा बढेको बरियारपट्टी गाउँपालिकाका रवीन यादवले बताए ।

प्रकाशित: १७ आश्विन २०७७ ०३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App