५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भारतद्वारा एम्बुलेन्स र बस प्रदान

भारतले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ। महात्मा गान्धीको १५१औं जन्म जयन्तीको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले ती सवारीसाधन सहयोग गरेको हो।

सवारी सहयोग उपहार पाउने संघसंस्था दुर्गम जिल्लालगायत विभिन्न ३० जिल्ला रहेका छन्। विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्ने हेतुले दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थालाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहारस्वरूप प्रदान गर्दै आएको छ। नेपालले स्वास्थ्य क्षेत्र र विशेषगरी आकस्मिक चिकित्सा सेवाका क्षेत्रमा गरेको प्रयासमा भारतले दिँदै आएको सहयोगअनुरूप तीनवटा एम्बुलेन्स तथा बस प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ। गान्धीको जन्मजयन्तीका अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्पगुच्छा अर्पण गरेका थिए।

प्रकाशित: १७ आश्विन २०७७ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App