१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिम चितुवा : भरियादेखि कीर्तिमानी आरोहीसम्म

विश्वपरिचित पर्वतारोही हुन् आङरिता शेर्पा। ‘हिम चितुवा’ को उपनाम पाएका उनै शेर्पाको सोमबार निधन भएको छ। १० पटक विना अक्सिजन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनी लामो समयदेखि विरामी थिए। उनलाई मतिष्कघात (स्टोक) भएपछि अर्थचेत थिए।  

७४ वर्षअघि सोलुखुम्बुको थामे गाउँमा जन्मिएका उनी १५ वर्षको उमेरदेखि नै पर्वतारोहण क्षेत्रमा लागेका थिए। सुरुमा भरिया भएर काम गरेका आङरित्ता किचन ब्वाई, क्वालामिङ शेर्पा, सरदार हुँदै लिडर र लेजेन्ड अफिसर भएर पनि काम गरेका थिए।  

सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका आङरित्ताले सन् १९९० मै उनले बिना अक्सिजन ६ पटक सगरमाथाको सफल आरोहण गरेका थिए। सन् १९९६ मा उनले १० औं पटक सगरमाथा आरोहण गरेका हुन्। त्यसपछि तत्कालिन राजा वीरेन्द्र र तत्कालिन सरकारले उनलाई अब सगरमाथा नचढ्न आग्रह गरेका थिए। त्यसपछि उनी सगरमाथाको आरोहणमा गएनन्। उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आरोहण गरेर किर्तिमान कामय गरेपछि तत्कालिन सरकारले हिमचितुवाको पदवी दिएको हो।

उनले सगरमाथा मात्र नभएर  पाकिस्तानको माउन्ट केटू र नेपालका चोयु, मनास्लु, लोत्से, अन्नपूर्ण, धौलागिरि लगायतका दर्जनौं हिमाल पटक पटक आरोहण गरे गरेका छन्, त्यो पनि बिना अक्सिजन नै।

उनले पहिलो पटक चोयु हिमालको आरोहण गरे। चोयू हिमाल चढ्दा उनी करिव २० वर्ष जतिका थिए। सगरमाथा चढ्दा भने ३५ वर्ष जति उनको उमेर पुगेको थिए।  

 

प्रकाशित: ५ आश्विन २०७७ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App