६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

इद पर्व घरमै नमाज पढेर मनाउनू : मुस्लिम आयोग

समिम मियाँ अन्सारी

यही साउन १७ गते परेको मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा घरमै बसेर मनाउन मुस्लिम आयोगले देशभरका मुस्लिमलाई आग्रह गरेको छ।  

कोरोना संक्रमणको जोखिम रहेको भन्दै आयोगले शुक्रबार विज्ञप्ति जारी गरी इदमा घरमै बसेर नमाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको हो।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरू, मुफ्तीहरू, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाहबमोजिम अन्य सबै आआफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु।’  

प्रकाशित: १६ श्रावण २०७७ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App