११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

७०.३९ प्रतिशत संक्रमित अस्पतालबाट डिस्चार्ज

पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट  १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ७०.३९ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

प्रादेशिक तथ्यांकअनुसार प्रदेश १ मा सात सय ६०, प्रदेश २ मा दुई हजार आठ सय ४३ जना, बागमती प्रदेशमा चार सय ५८ जना, गण्डकी प्रदेशमा एक हजार ९५ जना, प्रदेश ५ मा  तीन हजार आठ सय ६८, कर्णाली प्रदेशमा एक हजार पाँच सय ८३ जना र सुदुरपश्चिम प्रदेशमा दुई हजार दुई सय ३३ जना गरी १२ हजार आठ सय ४० जना डिस्चार्ज भएका छन् । 

प्रकाशित: ८ श्रावण २०७७ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App