१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नगरकोट सडक खण्डमा रोपाई

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोट पुग्ने सडक खण्ड विस्तारमा ढिलाई भएको भन्दै स्थानीयले विरोधस्वरुप धान रोपेका छन् । स्थानीय युवाहरुले हिलाम्य सडक खण्डमा धान रोपेर विरोध गरेका हुनु । साथै उनीहरुले सडकमै विभिन्न मागहरु लेखिएको पोष्टरमा लठीले बाँंधेर हिलोमा गाडेका छन् ।  

दुई वर्षभित्र अर्थात् आर्थिक वर्ष २०७२/७३ भित्र सम्पन्न गरिसक्ने योजनाका साथ सुरु भएको योजना अहिलेसम्म पनि सम्पन्न हुन नसकेपछि युवाहरुले नगरकोट बसपार्क नजिकैको हिलो सडक खण्डमा विरोधस्वरुप धान रोपेका हुन् । बारम्बार सडक सम्पन्न गर्नुपर्ने म्याद थप्दाथप्दा पनि सडक विस्तार कार्य नसकेपछि उनीहरुले विरोध जनाएका हुन् । पछिल्लो पटक २०७७ बैशाख ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने गरी सयम वढाएको थियो । तर उक्त अविधसम्म पनि सडक विस्तार कार्य सम्पन्न हुन सकेको छैन ।  

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले सडक विस्तार कार्य अझै कछुवा गतिमो रहेको बताए । त्यसकारण बारम्वरा विरोध गरिरहेको स्मरण उनले गरे । अगामी दिनमा पनि स्थानीयबासी र पर्यटन व्यवसायीहरुको संयुक्त अगुवाईमा विरोध कार्यक्रम गर्ने योजना रहेको उनले सुनाए ।    

१६ किलोमिटरमध्ये अहिलेसम्म दुई किलोमिटर जति मात्रै कालोपत्रे भएको छ । भक्तपुर भत्केको पाटीदेखि खरिपाटी कृष्ण मन्दिरसम्म मात्रै कालोपत्रे कार्य सम्पन्न गरिएको छ । बाँंकी सडक यतिकै अलपत्र छन् ।  

चार मिटर फराकिलो चौडाईको दुई लेनको सडकलाई हाल सात मिटरको चार लेन फराकिलो गरी कालोपत्रे बनाउने योजना चलिरहेको छ । अहिले सडकका ठाउँंठाउँंमा नाली निर्माण गर्ने अनि ग्राभेलिंगको काम भइरहेको छ ।

सडक विभागअन्तर्गत भक्तपुर-नगरकोट- सिपाघाट सडक विस्तार योजनाले ठेक्कामार्फत सडक विस्तार कार्य गराउन लगाइराखेको हो । पहिलो चरणमा भक्तपुर- नगरकोट जाने सडक विस्तार सुरु गरेको हो । सडक साँघुरो हुँदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै सडक विस्तार गर्न सुरु गरेको थियो । पहिलो चरणको योजनापछि नगरकोटबाट करिव २० किलोमिटरको सिपाघाटसम्मको सडक विस्तार गर्ने योजना रहेको जनाइएको छ ।  

आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रुपमा सडक निर्माणको जिम्मा पाएको थियो । सडक विभाग अन्तर्गतको भक्तपुर-नगरकोट- सिपाघाट सडक विस्तार योजना अन्तर्गत काम भएको हो ।  

पहुँचवालासँंगको ठेकदारको नजिकको सम्वन्धले आफूहरुको ताकेताको बेवास्त हुँंदै आएको जनाइएको छ । सडक विस्तारको ठेक्का पाएको शैलुग कन्सट्रक्सनका मालिक शारदाप्रसाद नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन् ।

प्रकाशित: १६ असार २०७७ १४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App