७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बाँकेमा क्वारेन्टिन वृद्धि

नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं।५ को व्यापारिक केन्द्र सीमानाकामा  भारतबाट नेपाली  फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टिन निर्माणमा वृद्धि गरेका छन्। बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

जिल्लामा हाल एक हजार १२६ जना क्वारेन्टिन बसिरहेका छन् तिनमा  एक हजार ७३ पुरुष र ५३ महिला छन् । नरैनापुर गाउँपालिकामा ११ क्वारेन्टिन बनाइएको छ। त्यहाँ ६६ जना बसिरहेका छन्। यो पालिकामा अहिलेसम्म आठ कोरोना संक्रमित फेला परिसकेका छन्। क्वारेन्टिन बसेका एक जनाको मृत्यु  भइसकेको छ।  

डुडुवा गाउँपालिकामा पाँच क्वारेन्टिन बनाइएको छ। त्यहाँ १६८ जना बसिरहेका छन्। खजुरा र बैजनाथ गाउँपालिकामा सातसात  क्वारेन्टिन छन्। खजुरामा २४ र बैजनाथमा ३० जना क्वारेन्टाइनमा छन्।  नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिन २३  र नेपाली सेनाले बनाएको एक क्वारेन्टिनमा ७४ जना र  राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टाइनमा ३९ जना रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। रासस

प्रकाशित: ५ जेष्ठ २०७७ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App