१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

समाजमा संक्रमण रोक्ने उपायः पहिचान, निगरानी र परीक्षण

प्रदेश २ मा कोभिड –१९ परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले व्यवस्थापन गरिएका जनशतिmको विवरण।

लहान - प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला छ। दक्ष जनशतिm, पुर्वाधार र उपकरण अभावमा कोभिड –१९ को नमूना संकलन केन्द्रमा सीमित यस प्रयोेगशालालाई परीक्षण प्रयोगशालाको रुपमा स्थापना गर्ने संघीय सरकारको निर्णयले यस भेगमा सकारात्मक आशा जगाएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको सुविधा नहुँदा प्रदेश २ मा हालसम्म पाँच वटा नमूना मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको छ। पाँचै वटा नमूनाको रिपोर्ट निगेटिभ आएको प्रादेशिक प्रयोगशाला प्रमुख युगलकिशोर यादवले बताए। रौतहटको तीन वटा, सर्लाहीको एउटा र धनुषाको एउटा गरी पाँच वटा नमूना संकलन गरिएको थियो।

प्रत्येक शंकास्पदको संक्रमण परीक्षण गरेर तथा संक्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु कोरोना भाइरसविरुद्धको लडाइँमा महत्वपूर्ण हुने नारायणी अस्पताल विरगंजका प्रमुख डाक्टर मदन उपाध्याय बताउँछन्। तर, सीमित जनशतिm र किटका कारण सबै शंकास्पदको नमूना संकलन गर्न तत्काल सम्भव छैन। प्रदेशमै परीक्षणको व्यवस्था हुँदा परीक्षणको दायरा बढउन सकिन्छ, डाक्टर उपाध्यायले भने।

२०६८ को जनगाणनाअनुसार यस प्रदेशको जनसंख्या ५४ लाख ४ हजार १ स ४५ छ। समाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई कोभिड–१९ परीक्षण केन्द्र बनाउन संघीय सरकारबाट पिसिआर मेसिन आज(सोमबार) आउँदै छ। मन्त्री साहले नागरिकसँग भने,‘ हामी चाँडै मेसिन जडान गरी परीक्षण सेवा सुरु गर्दैछौं।’

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण उपकरणको व्यवस्थापनसँगै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गर्न आवश्यक जनशतिm समेत व्यवस्थापन गरिदिएको छ। डाक्टर निराजन भुषाल, सुरेन्द्र मधुपा र बिवेक तिमिल्सेनालाई जनकपुर स्थित प्रयोगशालामा व्यवस्थापन गरिएको छ। प्रयोगशाला प्रमुख युगलकिशोर यादवका अनुसार भाइरोलोजिष्ट, माइक्रोबायोलोजिष्ट सहित ८ जना जनशतिm आवश्यक छ।

प्रदेश सरकारले जनकपुर स्थित प्रादेशिक अस्पताल, नारयणी अस्पताल वीरगंज र गजेन्द्र नागरायण सिंह सगरमाथा अस्पताल राजविराजमा कोरोना भाईरस(कोभिड–१९) को नमूना संकलन केन्द्र तोकेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार यस प्रदेशका जनतालाई कोरोनाको संक्रमणबाट बचाउन सम्पूर्ण तागत लगाउँदै छौं। नियन्त्रणात्मक, उपचारात्मक र सुरक्षात्मकलगायतका उपाय अवलम्बन गर्दै अघि बढिरेको मन्त्री यादवले बताए। लकडाउनका कारण हातमुख जोड्न समस्या परेका विपन्न परिवारको छाक टार्ने बन्दोबस्त मिलाउन प्रत्येक पालिकालाई बजेट निकासा गरिसकेको उनले बताए।

पछिल्लो समय परदेशबाट हजारौं मानिस घर फर्केका छन्। घर फर्किनेहरुको पहिचानका लागि प्रदेश सरकारले पालिकाहरुलाई तथ्यांक संकलन गर्न अपिल गरिसकेको मन्त्री यादवले बताए। कतिपय पहिचान भएकाहरुको निगरानी गर्न स्थानीय तह र प्रशासनलाई प्रदेश सरकारले निर्देश गरिसकेको उनले बताए।

चैत ४ गत्ते कतार एयरवेजबाट हवाइ यात्रा गरेर आएका सिरहाका चार जना नर्धक्क गाउँ डुल्दैछन्। पछिल्लो समय मलेसिया, खाडी क्षेत्र र भारतबाट धेरै मानिस घर फर्केका छन्। भारतबाट घर फर्किनेहरुको सीमा नाकामा पर्याप्त जाँच गर्दै गरिएन। त्यहाँबाट हूलका हूल बाँधिएर सीमा पार गरी सीधैं गाउँ प्रवेश गरेका छन्। उनीहरुबाट संक्रमण देखियो भने के गर्ने ? 

प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले शंकास्पदको पहिचान तथा निगरानी(क्वारेन्टाइन) गर्ने जिम्मा आफ्नो नभई सम्बन्धित पालिकाहरुको भएको बताउँछन्।

सरकारी निकायले गरेको यस प्रकारको हेलचक्रयाइँका कारण पहिचान भएका व्यतिm समेत निगरानी र परीक्षण बिना समाज र परिवारसँग बसिरहेका छन्। उनीहरुमा तत्काल कुनै लक्षण नदेखिएपनि यात्रा विवरण कोरोना प्रभावित देश भएकोले निगरानीमा बसेर परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ। उनीहरुलाई निगरानीमा राखी अवलोकन गर्नुको अरु विकल्प नरहेको जिल्ला अस्पताल सिरहाका प्रमुख डाक्टर नागेन्द्र प्रसाद यादव बताउँछन्। समुदायमा संक्रमण फैलिन नदिन प्रभावित देश यात्रा गरी फर्केकाहरुको निगरानी आवश्यक रहेको उनले बताए।

प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डाक्टर नागेन्द्र यादव भन्छन्,‘ संक्रमण तीव्र रुपमा फैलिएको मुलुकबाट निर्धक्क भित्रिएकाहरुबाट समाजमा जोखिम बढेको छ।’ उनी भन्छन्,‘ संक्रमण फैलिएको मुलुकबाट फर्केका कतिपयले संक्रमण पनि बोकेर ल्याएका हुन सक्छन्।’

परदेशबाट फर्केकाहरुलाई क्वारेन्टाइनमा राख्न सम्भव भएको भए समाजीकस्तरमा संक्रमण फैलिने जोखिमलाई रोक्न सकिन्थ्यो, उनी भन्छन्,‘ अहिलेपनि कुन–कुन व्यक्ति कहाँबाट कहिले आएका हुन भनेर पहिचान गर्न ढिला गर्न हुन्न।’ पहिचान भैसकेपछि उनीहरुलाई अलग्याएर निगरानीमा राख्नुपर्छ। त्यसपपछि सम्भव भए सबैको नभए शंकास्पदहरुको प्रयोगशाला परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

नारायणी अस्पताल विरगंजका प्रमुख डाक्टर मदन उपाध्यायका अनुसार अहिले लगाइएको ‘लकडाउन’ को प्रभावकारित तब मात्र हुन जव धेरैभन्दा धेरै शंकास्पदको  प्रयोगशाला परीक्षण हुन्छ। अहिले कोभिड –१९ पुष्टि भएका पाँचै जना आयातित हुन अर्थात विदेशबाट आएकाहरु हुन। कोरोना भाइरसको संक्रमण स्थानीय स्तरमा फैलनबाट रोक्न विदेशबाट आएका र तिनको सम्पर्कमा आएकाहरुको पहिचान, निगरानी र परीक्षणको दायरा बढाउनु मात्र विकल्प रहेको डाक्टर उपाध्याय बताउँछन्।

 

प्रकाशित: १७ चैत्र २०७६ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App