२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण अझ बढाउनेछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय एवं सबै ‘एफडीआई’बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षण अझ बढाउने विश्वास व्यक्त गरेका छन्। 

उनले आइतबार नेपाल लगानी सम्मेलन–२०२४ लाई सम्बोधन गर्दै यस्तो विश्वास व्यक्त गरेका हुन।

‘हाम्रा उदार नीतिहरूले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्छ। हाम्रो दक्ष जनशक्ति र कम श्रम लागतले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको लागि आकर्षण गर्दछ। राष्ट्रिय एवं सबै ‘एफडीआई’ बीच हुने गैर–भेदभावपूर्ण व्यवहारको प्रावधान र विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले नेपालमा लगानीको आकर्षणलाई अझ बढाउँछ’, उनले भनेका छन्।

प्रधानमन्त्री दाहालले नेपालको ६० प्रतिशतभन्दा बढी जनसंख्या श्रमिक उमेर समूहभित्र रहेको र तीव्र रूपमा विस्तार हुँदै गएको मध्यमवर्गीय जनसंख्याले उपभोक्ता वृद्धिका अपार सम्भावना देखाएको  पनि उल्लेख गरेका छन्।

‘यसबाहेक, विदेशी भाषा बोल्ने युवाहरूको संख्या उल्लेख्य रहेकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई नेपालमा मनपर्ने स्थानीय दक्ष श्रमशक्ति खोज्न मद्दत पुग्छ। नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको छ’, उनले भने। 

प्रकाशित: १६ वैशाख २०८१ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App