१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विद्यार्थी भन्छन्, ‘कम्प्यूटर नदेखे पनि किताब भने पढिरहेका छौँ’

ईन्द्रेश्वरी माविमा रहेको कम्प्युटर ल्याब जहाँ बर्षौ पुराना काम नलाग्ने कम्प्युटरहरु राखिएको छ। तस्बिरः दिनेश/नागरिक

रोल्पा - सदरमुकाम छेउमा नगरपालिका भित्रैको एउटा विद्यालय जहाँ कक्षा ६ देखि कम्प्युटर बिषयको पढाई हुन्छ। तर त्यहाँ सिक्नका लागि कम्प्युटर भने छैन। त्यसो त यो विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा लेखा प्रशासन हेर्ने शिक्षकले काम चलाउ रुपमा अध्यापन गराई रहेका छन्। कम्प्युटरको नै नदेखेर पढिएको उक्त पढाइले खासै सिकाई नभएको विद्यार्थीहरु बताउछन।

रोल्पा नगरपालिका ३, खेवासेमा रहेको ईन्द्रेश्वरी माबिमा कम्प्युटर ल्याब भनेर एउटा कोठा छुट्याइएको भए पनि त्यहाँ भित्र बर्षौ पुराना बिग्रिएका दुईचार वटा कम्प्युटर भने छन्। ति सबै काम नचल्ने अवस्थामा पुगेका छन। ‘थ्योरी मात्र पढाउँछौ। प्राक्टिकल गर्नलाई कम्प्युटर छैन।’ विद्यालयका प्रअ कुलमान घर्तीले भने ‘बिद्यालय ब्यबस्थापन समितिको निर्णयसहित स्थानीय तहमा माग गरेका छौ तर सुनुवाई भएको छैन।’

कम्प्युटर बिषयको अलि अलि शैद्दान्तिक पढाई पढेका विद्यार्र्थीहरुले कम्प्युटर भने टाढै बाट देखेको बताउछन्। ‘कम्प्युटर त छन् तर उहिल्यै बिग्रेका हुन रे चलाउन पाएका छैनौ।’ कक्षा ७ का विद्यार्थी नबिन बुढा भन्छन् ‘कम्प्युटर नदेखे पनि किताब भने पढिरहेका छौ।’ प्रअका अनुसार प्रयाप्त शिक्षक दरबन्दी नभएको यो बिद्यालय निजी श्रोतका शिक्षकको भरमा चलाउनु परेको छ।

बिद्यालयका बिभिन्न समस्या देखे सुनेका सोहि वडाका वडा अध्यक्ष राजन कवरले बिद्यालय सुधारका लागि बजेट ब्यबस्था गरेको बताए। ‘बिद्यालय मर्मत, रंङ्ग रोगनका लागि बजेटको ब्यबस्था गरेका छौ। बिद्यालयले उसको आबस्यकता अनुसार खर्च गर्न सक्नु प¥यो।’ वडा अध्यक्षले भने ‘हामी बिद्यालयलाई आवस्यक सहयोग गर्न तयार छौ।’ त्यसो त कम्प्युटर बिना नै कम्प्युटर बिषयको पठनपाठन हुने बिद्यालयहरु जिल्लामा दर्जनौ छन्।

रोल्पा नगरालिकाका शिक्षा प्रमुख महेन्द्र पराजुली बिद्यालयमा कम्प्युटर नभएको स्वीकार गर्दैनन्। ‘हरेक बिद्यालयहरुमा कम्प्युटर छ तर विद्यार्थीमैत्री ढंगले प्रयोग भएका छैनन्।’ पराजुलीले भने ‘कतिपय बिद्यालयका शिक्षकसंग कम्प्युटर पढाउने क्षमता पनि छैन भने कम्प्युटर बिग्रे पछि बनाउदैनन्। नगरपालीकाका सबै बिद्यालयमा कम्प्युटर छ। बरु हामीले हरेक बिद्यालयका एक एक जना शिक्षकलाई तालिम नै दिने सोच बनाएका छौ।’

बिद्यालयलाई आवस्यक पर्ने आधारभुत कुराहरुमा घर छेउमा आएको भनिएको सरकारले प्रयाप्त ध्यान नदिदा पढाइमा असहजता आएको हो। ‘कम्प्युटर बिषय ऐच्छिक हो यदि सुविधा दिन नसक्ने हो भने सो बिषय नराख्दा हुन्थ्यो तर विद्यार्र्थीको आर्कषणका कारण पढाउने गर्छन।’ रुन्टीगढी गाउँपालिकाका शिक्षा प्रमुख कुलराज आचार्यले भन्छन् ‘हाम्रो पालिकामा पनि कतिपय बिद्यालयमा कम्प्युटर नभएर पनि कम्प्युटर बिषय पढाई भइरहको छ।’

प्रकाशित: ११ माघ २०७६ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App