६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

शिक्षा दिवस मनाउन उपसमिति गठन

काठमाडौं – आगामी भदौ २२ गते चालीसौं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाउन सरकारले विभिन्न दश उपसमिति गठन गरेको छ।  यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उक्त दिवस मनाउन मूलसमारोह समिति गठन गरिएको थियो।

  सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा सोमबार बसेको मूलसमारोह समितिको बैठकले कार्यक्रम समन्वय उपसमिति, उत्कृष्ट विद्यालय तथा शिक्षक छनोट उपसमिति, स्मारिका प्रकाशन उपसमिति, प्रचारप्रसार उपसमिति र सांस्कृतिक कार्यक्रमलगायत उपसमिति गठन गरेको होे।  दिवसलाई भव्यताका साथ सफल बनाउन प्रदेश सरकार, मातहतका कार्यालय र प्रत्येक स्थानीय तहलाईसमेत पत्राचार गरिसकिएको मन्त्रालय स्रोतले बताएको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०१:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App