१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अवैध ढुंगा झिक्ने तीन ट्याक्टर प्रहरी नियन्त्रणमा

सिरहा– असार १ गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार र विक्री वितरण गर्न कानुनी रुपमा रोक भएपनि सिरहाको विभिन्न नदीमा नदीजन्य पदार्थको उत्खनन रोकिएको छैन्। गोलबजार तथा धनगढीमाई नगरपालिकाले संयुक्त रुपमा ठेक्का लगाउँदै आएको गागननदीको चुरे संरक्षित क्षेत्रबाट ढुँगा उत्खनन गरि लोड गरिएका तीनवटा ट्याक्टर स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। स १ त ३३४०,स १ त ५९६० र स १ त ५१८३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

नदीजन्य पदार्थको संकलन, उत्खनन बन्द रहेको बेला गागननदीबाट ढुंगा उत्खनन भैरहेको सूचना स्थानीयले पटक पटक डिभिजन वन कार्यालय लहानका प्रमुख शुभाषचन्द्र दाशलाई गराएका थिए। तर, उनले बेवास्ता गरेपछि स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजारमा फोन गरि अबैध उत्खननबारे जानकारी गराएका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट पुगेको प्रहरी टोलीले दुई वटा ढुँगा लोड गरिएको ट्याक्टर र एउटा ढुँगा फालेर भाग्दै गरेको ट्याक्टर नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय गोलबजारमा राखेको छ।

प्रकाशित: २९ असार २०७६ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App