४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

२५ फिट अग्लाे दशगजाको बाँध फुट्यो

राैतहट - भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेकाे छ। भारतीय पक्षले लालबकैया र बागमती लाई लक्षित गरी करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर राेकिएकाे पानीकाे बहावले बाँध फुटेकाे हाे।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत  सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएको हाे।लाल बकैया र बागमती नदीको पानीले भारत मै ठूलो असर देखाउने अनुमान गरिएकाे छ।

दुई दिन देखि थुनिएको पानी खुलेपछि भारतीय नागरिक त्रसित देखिएका छन् । उनीहरू सुरक्षित स्थानमा जान थालेका छन्। अब गौरमा थुनिएको पानीको सतह घटदै छ।

प्रकाशित: २८ असार २०७६ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App