१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पुरी हत्यामा संलग्न सबै पक्राउ

रुपन्देही– फागुन २६ गते  देवदहमा तरुण दलका नगर सदस्य २० वर्षीय अनिल पुरीको हत्यामा संलग्न सबैलाई प्रहरीले सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरीले उनीहरुलाई मंगलबार सार्वजनिक गरेको हो। पुरीको सामूहिक कुटपिटबाट हत्या गरेको प्रहरीले बताएको छ। रिसइबीका कारण योजनाबद्ध रुपमा सोही ठाउँका १२ जनाको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिल बहादुर मल्ले जानकारी दिए। 

उनीहरुले पुरीमाथि ठेक्कापट्टाको रिसइवी साँधेर योजना बनाई हत्या गरेको प्रहरीले जनाएको छ। पुरीमाथि ४ नाबालकसहित १२ जनाको समूहले लाठी, रड र ढुङ्गा प्रहार गरि हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए।

हत्या अभियुक्तहरु मध्ये ४ जना नाबालक रहेकोले प्रहरीले सार्वजनिक गरेको छैन। उमेर पुगेका ८ जनालाई भने प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। हत्यामा देवदह ९ घोडाहाका २१ वर्षीय आकाश थापा मुख्य योजनाकार हुन्। 

पुरीको हत्या अभियुक्तमा उनकै छिमेकी २१ वर्षीय अर्जुन सारु, सोही उमेरका आकाश सारु, पाल्पाको मदनपोखरा गाउँपालिका २  घर भई हाल पुरीकै छिमेकी घोडाहा बस्ने १८ वर्षीय कमल बोडेल सार्की,   घोडाहामै बस्ने बर्ष २१ का जीवन भण्डारी, पाल्पा तिनाउ गाउँपालिका ५ घर भइ घोडाहामै बस्ने २० वर्षीय ताराबहादुर बराल, घोडाहाकै २० वर्षीय विश्वास गुरुङ्ग, सोही स्थानका २१ वर्षीय शिशिर राना, सोही वडाका २० वर्षीय मने भन्ने मनोज क्षेत्री छन्। 

 

प्रकाशित: १९ चैत्र २०७५ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App