१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट घाइते

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका–६, औल्याकी ४८ वर्षीया हिठकला धनाडी चितुवाको आक्रमणबाट घाइते भएकी छिन्। ओखेडानी सामुदायिक बनको ओखेडानी खोलामा बुधबार बिहान ११ः४५ बजे चितुवाले आक्रमण गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो। घाइतेको मुखमा, दायाँबायाँ कुममा घाउ रहेको र उनको स्थानीय स्वास्थ्यचौकी उपचार भइरहेको छ। स्थानीयले प्रहरीलाई खबर गरेपछि तस्वदेही इलाका प्रहरी कार्यालय मेलौलीबाट प्रहरी नायव निरीक्षक बीरभद्र जोशीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्रबहादुर बोगटीले जानकारी दिए।

चितुवाले ७ वर्षयता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ भने धेरै जना घाइते भएका छन्। प्रशासनले धेरैपटक चितुवा मार्नका लागि प्रहरी र बनरक्षकको टोली पठाएको भए पनि नरभंक्षी चितुवा फेला पार्न नसकी फर्किने गरेको छ।

प्रकाशित: ११ पुस २०७५ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App