७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भारतीय दूतावास अगाडि मानवअधिकारकर्मीको प्रदर्शन

काठमाडौं– लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्ने मानवअधिकारवादी अगुवालाई प्रहरीले पक्राउ गरेको छ। 

भारतमा भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवर लगायत प्रदर्शनकारीलाई लैनचौर प्रहरी वृत्तले शुक्रवार नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

भारतमा एम्नेस्टीका अगुवालाई गिरफ्तार गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका थिए। 

प्रकाशित: १४ मंसिर २०७५ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App