१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कालो हिरासहित लैनचौरबाट ८ जना पक्राउ

काठमाडौं- प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा रु तीन करोडमा बिक्री गर्न बार्गेनिङ गर्दै गर्दा पक्राउ गरेको हो। 

पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाइएको छैन। उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको वृत्तले जनाएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७५ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App